दफा २०५
निर्धारित अवधिभित्र पुनरावेदन गर्न सक्ने

(१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक शुरु मुद्दाहेर्ने अदालतले गरेको फैसला उपर चित्त नबुझ्ने पक्षले फैसला भएको थाहा पाएको मितिले तीस दिनभित्र सम्बन्धितपुनरावेदन सुन्ने अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
(२) पुनरावेदन लाग्ने मुद्दामा मुद्दाको पक्ष वा निजको वारिस अदालतमा हाजिर भई फैसला सुनेकोमा सुनिपाएको कागजगरेको मितिले र पक्ष हाजिर नभई फैसला भएको सूचना जारी भएकोमा त्यस्तो सूचना तामेल भएको मितिले तीस दिनभित्रपुनरावेदन गर्ने म्याद कायम हुनेछ ।
(३) उपदफा (१) को प्रयोजनको लागि सुनुवाईको दिन निर्धारण गरिएको तारिखमा मुद्दाको पक्ष आफैँ वा निजको वारिसउपस्थित भएको रहेछ र त्यसरी तारिख तोकिएको दिनमा नै मुद्दाको फैसला भएको रहेछ भने मुद्दाको पक्षले फैसलाभएको थाहा पाएको मानिनेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि थाहा पाएको दिन गणना गर्दा दफा १९८ बमोजिमन्यायाधीशले फैसला प्रमाणीकरण गरेको दिनबाट गर्नु पर्नेछ ।
(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि फैसला सुनी पाएको कागज नगरेको वा फैसला भएको सूचना तामेल नभएकोभए मुद्दाको पक्षले मुद्दा फैसला प्रमाणीकरण भएको छ महिनासम्ममा फैसलाको नक्कल लिएको मितिले तीस दिनभित्रपुनरावेदन गर्न सक्नेछ ।